ग्यास पाउनु भएको छैन, यी स्थानमा जानोस् तत्कालै पाउनुहुन्छ (सूचिसहित) | Khabarhub Khabarhub

ग्यास पाउनु भएको छैन, यी स्थानमा जानोस् तत्कालै पाउनुहुन्छ (सूचिसहित)


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —  माग उच्च भएपछि ग्यासमा भएको कालोबजारी रोक्न आजदेखि विभिन्न २२ स्थानबाट ग्यासको खुद्रा विक्री सुरु भएको छ ।

ग्यास नपाएर छटपटिएका उपभोक्ताले ती स्थानबाट तत्कालै ग्यास पाउने प्रबन्ध गरिएको छ ।

 आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएसँगै आजैदेखि काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा फरक/फरक ब्राण्डका ग्यास वितरण सुरु भएको हो ।

ग्यास वितरण दैनिक बेलुका ५ बजेसम्म हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

कुन ग्यास कहाँबाट बिक्री ?

संघले निकालेको विज्ञप्ति अनुसार विभिन्न २२ वटा ब्राण्डका ग्यासको २२ स्थानबाट खुद्रा विक्री सुरु भएको छ ।

नेपाल ग्यास – बालाजु, अनामनगर र सातदोबाटो

सागर ग्यास – जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी

ओम ग्यास – थली र नैकाप

बाबा/श्री/लुम्बनी – कपन, धुम्बाराही

सिद्धार्थ – इमाडोल

श्रीमाया – सतुंगल

लोकप्रिय – नैकाप

राजधानी – सितापाइला

सूर्य – जगाती

गीता – धुम्बाराही

हिमाल – भगवती बहाल

नमस्ते – कागेश्वर मनहरा

भानु – गोंगबु

एभरेष्ट – सिफल

श्रीराम – ललितपुर

सरकारले ग्यास उद्योगले पनि रिटेल काउन्टर खोल्न दिने निर्णय गरेपछि बिक्रेताहरुले भने विरोध गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ४७ बजे

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा