युभेन्ट्सका फरवार्ड डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमणको पुष्टि « Khabarhub

युभेन्ट्सका फरवार्ड डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमणको पुष्टि


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना तथा युभेन्ट्सका फरवार्ड पाउलो डिबाला र इटालीका पूर्व कप्तान पाउलो माल्दिनीलाई कोरोना भाइसर (कोभिड–१९) को संक्रमण फेला परेको छ ।

डिबालाले आफ्नो इन्टाग्राम एकाउन्टमा प्रेमिकासहितको फोटो सार्वजनिक गर्दै कोरोना प्रमाणित भएको बताएका छन् । ‘ओरिना र मलाई भाइरस संक्रमण देखिएको छ,’ २६ वर्षीय डिबालाले लेखेका छन्, ‘ भाग्यवश हामी राम्रो अवस्थामा छौं ।’

यस्तै, एसी मिलानका डाइरेक्टर माल्दिनी र उनका छोरा ड्यानीयललाई पनि संक्रमण देखिएको छ ।

माल्दिनी र उनका छोरालाई संक्रमण देखिएको विज्ञप्तिमार्फत् क्लबले जानकारी गराउँदै उनीहरुको अवस्था राम्रो रहेको उल्लेख गरेको छ ।

अहिले २ हप्ता माल्दिनीका बाबु छोरा ‘सेल्फ आइसोलेसनमा रहने र त्यसपछिको समय चिकित्सकहरुको सल्लाह बमोजिम क्वारेन्टाइममा रहने क्लबले जनाएको छ ।

कोरोनाको संक्रमण भेटीएका डिबाला युभेन्ट्सका तेस्रा खेलाडी हुन् । यसअघि सेन्ट्रल ब्याक ड्यानीयल रुगानी र फ्रान्सका विश्व विजेता ब्लाइसे माटुइडीलाई पोजेटिभ भेटिएको थियो ।

इटाली सरकारले अप्रिल तीन सम्मका लागि सबै खेल गतिविधि बन्द गरिसकेको छ । अहिलेसम्म इटालीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ०० बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको