कोरोनाको एकदिन पक्कै हार हुनेछ, मानव सभ्यताको जीत हुनेछ: हरिवंश « Khabarhub

कोरोनाको एकदिन पक्कै हार हुनेछ, मानव सभ्यताको जीत हुनेछ: हरिवंश


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पनि कोरोका संक्रमण फैलिने डरले उच्च शतर्कता अपनाइएको छ । सरकारले नै कोरोनाबाट जोगिन र सकभर भीड नबनाउन आह्वान गरिरहेको छ ।

नेपाली सेलिब्रेटीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । कलाकारहरु यतिबेला सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् ।

यसैबीच अभिनेता हरिवंश आचार्यले सबै नेपालीलाई सचेत हुन तर नडराउन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा सन्देश दिँदै हरिवंश भन्छन्, ‘कोरोनासँग हामी तर्सियौं भने रोगसँग लड्ने क्षमता बिग्रेर जानेछ, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक समाचार आइरहेका छन्, नकारात्मक समाचार पढ्दै नपढौं ।’

उनले यसलाई परिवारसँग बस्ने एक मौका समेत भएको बताएका छन् । आचार्यले फुर्सदको समयमा घरमा बसेर राम्रा चलचित्र हेर्ने र पुस्तक पढ्ने बताएका छन् ।

‘म त घरमा बसेर राम्रा चलचित्र हेरिरहेको छु, किताब पढिरहेको छु,’ हरिवंश भन्छन् ।

उनले एकदिन कोरोनाको पक्कै हार हुनेमा पनि दुई मत नभएको प्रतिक्रिया दिएका छन् । ‘कोरोनो एकदिन पक्कै पनि हार हुनेछ र मानव सभ्यताको जीत हुनेछ ।,’ हरिवंशको भनाइ छ ।

साथै हरिवंशले सकेसम्म केही समयका लागि घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ४२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२