कोरोनाको एकदिन पक्कै हार हुनेछ, मानव सभ्यताको जीत हुनेछ: हरिवंश | Khabarhub Khabarhub

कोरोनाको एकदिन पक्कै हार हुनेछ, मानव सभ्यताको जीत हुनेछ: हरिवंश


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पनि कोरोका संक्रमण फैलिने डरले उच्च शतर्कता अपनाइएको छ । सरकारले नै कोरोनाबाट जोगिन र सकभर भीड नबनाउन आह्वान गरिरहेको छ ।

नेपाली सेलिब्रेटीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । कलाकारहरु यतिबेला सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् ।

यसैबीच अभिनेता हरिवंश आचार्यले सबै नेपालीलाई सचेत हुन तर नडराउन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा सन्देश दिँदै हरिवंश भन्छन्, ‘कोरोनासँग हामी तर्सियौं भने रोगसँग लड्ने क्षमता बिग्रेर जानेछ, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक समाचार आइरहेका छन्, नकारात्मक समाचार पढ्दै नपढौं ।’

उनले यसलाई परिवारसँग बस्ने एक मौका समेत भएको बताएका छन् । आचार्यले फुर्सदको समयमा घरमा बसेर राम्रा चलचित्र हेर्ने र पुस्तक पढ्ने बताएका छन् ।

‘म त घरमा बसेर राम्रा चलचित्र हेरिरहेको छु, किताब पढिरहेको छु,’ हरिवंश भन्छन् ।

उनले एकदिन कोरोनाको पक्कै हार हुनेमा पनि दुई मत नभएको प्रतिक्रिया दिएका छन् । ‘कोरोनो एकदिन पक्कै पनि हार हुनेछ र मानव सभ्यताको जीत हुनेछ ।,’ हरिवंशको भनाइ छ ।

साथै हरिवंशले सकेसम्म केही समयका लागि घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ४२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन