काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कोरोना भाइरस (कोभिड १९) विरुद्ध मिलेर अगाडि बढ्न सार्वजनिक अपिल गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले कोरोनाविरुद्ध सचेत हुन अपिल गरेका छन् ।
खेलाडीका लागि यो निकै कठिन समय भएको उल्लेख गर्दै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।
यस्तै, खड्काले सरकारको निर्णयमा साथ दिन पनि अपिल गरेका छन् । उनले हरेक व्यक्तिले सचेत रहनु पर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।
‘अहिलेको परिस्तिथीमा म र क्रिकेट टिमको तर्फबाट सबै जनालाई आग्रह गर्न चाहान्छु कि सबै जना घर बसेर, अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर सरकार र सम्बन्धित निकाय सबैलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भने, ‘अहिले हाम्रो लागि आफैले दायित्व निर्वाह गर्नु पर्छ । यस्तो स्थितीमा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी लिने हो भने अहिलेको यो परिस्थिबाट अगाडि बढ्न हामीलाई एकदमै सजिलो हुनेछ । हामी सबै एकसाथ रहौं ।’
प्रतिक्रिया