अरुले घरबाहिर निस्किँदा मास्क प्रयोग नगरेको देखेर दुःख लाग्यो: स्वस्तिमा खड्का « Khabarhub

अरुले घरबाहिर निस्किँदा मास्क प्रयोग नगरेको देखेर दुःख लाग्यो: स्वस्तिमा खड्का


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले सबैलाई घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेकी छिन् । उनले राम्रोसँग हात धुन र सेनिटाइजर प्रयोग गर्न पनि अनुरोध गरेकी छिन् ।

‘म अत्यावश्यक काम पर्दाबाहेक अरुबेला घरमा बसिसरहेकी छु, बाहिर निस्किनुपर्दा पनि सेनिटाइजर र मास्क प्रयोग गरेकी छु,’ उनले भनिन् ।

स्वस्तिमाले बाहिर मान्छे खुला रुपमा हिँडेको कुराले दुःखी भएको बताएकी छिन् । ‘धेरैले बाहिर निस्किँदा मास्क पनि नलगाएको देख्दा नरमाइलो लाग्यो ।,’ उनले भनिन्, ‘अहिलेसम्म त एकजना बाहेक अरुमा कोरोना देखिएको छैन । तर हामीले ख्याल गर्नुपर्छ ।’

उनले आफ्ना फ्यानलाई निरन्तर हात धुन पनि आग्रह गरेकी छिन् । साथै सामाजिक सञ्जालमा आउने अनावश्यक भ्रमको पछि नलाग्न पनि उनले आह्वान गरेकी छिन् ।

‘सामाजिक सञ्जालमा शेयर गरेका समाचार फेक हाइनन् भन्नेमा तपाईं पहिले पक्का हुनुहोस्, फेक न्यूजलाई इग्नोर गर्नुहोस्,’ स्वस्तिमाले सुझाइन् ।

अहिलेको जटिल परिस्थितिमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्न पनि उनको अनुरोध थियो । साथै भीडमा नजान पनि उनले सबैमा आग्रह गरिन् ।

स्वस्तिमाले अभिनय गरेको फिल्म ‘चपली हाइट ३’ चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । सरकारले वैशाख १८ गतेसम्म फिल्म हल बन्द गर्न आग्रह गरेपछि रिलिज स्थगित गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : १५ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही