अरुले घरबाहिर निस्किँदा मास्क प्रयोग नगरेको देखेर दुःख लाग्यो: स्वस्तिमा खड्का « Khabarhub

अरुले घरबाहिर निस्किँदा मास्क प्रयोग नगरेको देखेर दुःख लाग्यो: स्वस्तिमा खड्का


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले सबैलाई घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेकी छिन् । उनले राम्रोसँग हात धुन र सेनिटाइजर प्रयोग गर्न पनि अनुरोध गरेकी छिन् ।

‘म अत्यावश्यक काम पर्दाबाहेक अरुबेला घरमा बसिसरहेकी छु, बाहिर निस्किनुपर्दा पनि सेनिटाइजर र मास्क प्रयोग गरेकी छु,’ उनले भनिन् ।

स्वस्तिमाले बाहिर मान्छे खुला रुपमा हिँडेको कुराले दुःखी भएको बताएकी छिन् । ‘धेरैले बाहिर निस्किँदा मास्क पनि नलगाएको देख्दा नरमाइलो लाग्यो ।,’ उनले भनिन्, ‘अहिलेसम्म त एकजना बाहेक अरुमा कोरोना देखिएको छैन । तर हामीले ख्याल गर्नुपर्छ ।’

उनले आफ्ना फ्यानलाई निरन्तर हात धुन पनि आग्रह गरेकी छिन् । साथै सामाजिक सञ्जालमा आउने अनावश्यक भ्रमको पछि नलाग्न पनि उनले आह्वान गरेकी छिन् ।

‘सामाजिक सञ्जालमा शेयर गरेका समाचार फेक हाइनन् भन्नेमा तपाईं पहिले पक्का हुनुहोस्, फेक न्यूजलाई इग्नोर गर्नुहोस्,’ स्वस्तिमाले सुझाइन् ।

अहिलेको जटिल परिस्थितिमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्न पनि उनको अनुरोध थियो । साथै भीडमा नजान पनि उनले सबैमा आग्रह गरिन् ।

स्वस्तिमाले अभिनय गरेको फिल्म ‘चपली हाइट ३’ चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । सरकारले वैशाख १८ गतेसम्म फिल्म हल बन्द गर्न आग्रह गरेपछि रिलिज स्थगित गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : १५ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले