कोरोना प्रभाव: फिल्म ‘के घर के डेरा’ को छायांकन स्थगित | Khabarhub Khabarhub

कोरोना प्रभाव: फिल्म ‘के घर के डेरा’ को छायांकन स्थगित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड-१९ को प्रभावका कारण फिल्म ‘के घर के डेरा’ले छायांकन स्थगित गरिएको छ । फिल्मले सामान्य अवस्था नभएसम्म छायांकन स्थगित गरिएको हो ।

चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) ले स्वास्थ्य पहिलो भएको भन्दै छायांकन स्थगित गरिएको जानकारी दिए । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने ।

साथै फिल्म टिमले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन शतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपील गरेको छ । ‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ’, निर्देशक सुब्रतराज आचार्यले भने ।

फिल्ममा दयाहाङ राई र विपिन कार्की र वर्षा राउतको पनि अभिनय रहने जनाइएको छ । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।

के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा यो फिल्म आधारित छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : २९ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा