कोरोना प्रभाव: फिल्म ‘के घर के डेरा’ को छायांकन स्थगित « Khabarhub

कोरोना प्रभाव: फिल्म ‘के घर के डेरा’ को छायांकन स्थगित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड-१९ को प्रभावका कारण फिल्म ‘के घर के डेरा’ले छायांकन स्थगित गरिएको छ । फिल्मले सामान्य अवस्था नभएसम्म छायांकन स्थगित गरिएको हो ।

चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) ले स्वास्थ्य पहिलो भएको भन्दै छायांकन स्थगित गरिएको जानकारी दिए । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने ।

साथै फिल्म टिमले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन शतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपील गरेको छ । ‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ’, निर्देशक सुब्रतराज आचार्यले भने ।

फिल्ममा दयाहाङ राई र विपिन कार्की र वर्षा राउतको पनि अभिनय रहने जनाइएको छ । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।

के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा यो फिल्म आधारित छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको