नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो « Khabarhub

नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको प्रदेश नम्बर एक, दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचसँग जोडिएको भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

विहारमा संक्रमण फैलिएसँगै त्यसको जोखिम नेपालमा थप बढ्नेछ ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज नै मुम्बइमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका एक व्यक्तिको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिन पहिला कतारबाट फकिएका उनको शनिवार विहान मृत्यु भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

भारतीय मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा ३४१ जना कोरोना भाइरसको संक्रमणको शिकार भएका छन् ।
आइतबार महाराष्ट्रमा दश नयाँ मामला सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ३२ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री