कैलालीमा शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु « Khabarhub

कैलालीमा शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको हो ।

विस्फोटबाट मृत्यु हुनेमा फूलबारी बस्तीका ४० वर्षीय नरबहादुर विक रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोट भएको पुष्टि गरे ।

‘गोदावरी नगरपालिका–४ मा विस्फोट भएको सूचना आएको छ । वनमा घाँस काट्न जाँदा भेटिएको पित्तल जस्तो वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट भएको भन्ने बुझिएको छ,’ एसपी गिरीले खबरहबसँग भने, ‘अहिले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।’

विस्फोटबाट १ जनाको ज्यान गएको भएपनि कुनै विस्फोटक पदार्थ भरिएको बस्तु नै विस्पफोट भएको हो भन्ने विषय यकीन नभएको एसपी गिरीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : १८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको