एन्फाले आफ्नो मातहतका भौतिक संरचनाहरु क्वारेन्टाइन बनाउन दिने « Khabarhub

एन्फाले आफ्नो मातहतका भौतिक संरचनाहरु क्वारेन्टाइन बनाउन दिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका भौतिक संरचनाहरुलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन बनाउनका लागि सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।

एन्फाले आइतबार विज्ञप्ति जारी गर्दै ललितपुरस्थित एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको फुटबल एकेडेमीका होस्टल र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक पर्दा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने जानकारी दिएको हो ।

एन्फा प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको एकेडेमीका होस्टल, रौतहटस्थित महिला एकेडेमीको होस्टल अस्थायी क्वारेन्टाईन र आइसोलेसनको लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सक्ने कुरा जानकारी गराउँन चहान्छु ।’

एन्फाले सम्पूर्णलाई आ–आफ्नो स्थानमा सुरक्षीत साथ बस्न समेत आग्रह गरेको छ । एन्फाले यसअघि नै आफ्नो कार्यालयदेखि सबै फुटबल गतिविधि बन्द गरिसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ३८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका