कोरोना भाइरसका विषयमा ट्रम्पले किमलाई पत्र लेखे « Khabarhub

कोरोना भाइरसका विषयमा ट्रम्पले किमलाई पत्र लेखे


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– विश्वमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेका छन् ।

सर्वोच्च नेताकी बहिनी किम यो जोङलाई उदृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएअनुसार पत्रमा ट्रम्पले जनतालाई कोरोना भाइरसबाट जोगाउन सर्वोच्च नेताको पहलबाट प्रभावित बनेको उल्लेख गरेका छन् ।

ट्रम्पले महामारीविरुद्धको कामका लागि उत्तर कोरियासँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको पनि उक्त पत्रमा उल्लेख रहेको केसीएनएले जनाएको छ ।

आफ्नो मुलुकमा हालसम्म कोरोना भाइरसका एकजना पनि संक्रमित देखा नपरेको उत्तर कोरियाले बताउने गरेको छ ।
यस पत्र कहिले प्राप्त भएको भन्नेबारे केसीएनएले केही खुलाएको छैन ।

अमेरिकी अधिकारीले पनि उत्तर कोरियाली सर्वोच्च नेतालाई ट्रम्पले पत्र लेखेको पुष्टि गरेका छन् । कोरोना भाइरस महामारीविरुद्ध लड्ने विषयमा विश्वका नेताहरुसँग सम्पर्क गर्ने पहलस्वरुप उक्त पत्र उत्तर कोरिया पठाइएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएका छन् ।

गत वर्षको फेब्रुअरी महिनामा ट्रम्प र किमबीच भएको शिखर वार्ता असफल भएयता दुई मुलुकबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।

यद्यपि दुई नेताबीचको व्यक्तिगत सम्बन्ध भने राम्रो रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन् ।

पछिल्ला केही समययता उत्तर कोरियाले नियमितजसो क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । शनिबार मात्रै उत्तर कोरियाले दुई वटा छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र