हमाल भन्छन् – दैनिकीमा परिवर्तन आएको छ, घरमै बसेको छु « Khabarhub

हमाल भन्छन् – दैनिकीमा परिवर्तन आएको छ, घरमै बसेको छु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एकमात्र विकल्प भनेको सावधानी अपनाउनु भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसका कारण नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालमा अझैसम्म कसैको पनि कोरोना भाइरसका कारण ज्यान गएको छैन ।

अभिनेता हमालले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन र वातावरणको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘म आफैले पनि आफ्नो दैनिकीमा परिवर्तन ल्याएको छ, घरमै बसिरहेको छु, धेरै भीड हुने कार्यक्रममा गइरहेको छैन,’ हमाल भन्छन् ।

यसअघि पनि भाइरलका कारण कैयन् नेपालीले ज्यान गुमाएको तर यस्तो डरलाग्दो अवस्था नआएको हमाल बताउँछन् । भन्छन्, ‘धेरै भेला हुने सबै कार्यक्रम रद्द गरेर घरमा बसिरहेको छु । हामी सबैले यही नै गर्नुपर्छ ।’

हमालले स्वास्थ्य र प्रकृतिलाई बिथोल्ने नहुने भन्दै प्रकृतिको जगेर्ना गर्नुपरे बताएका छन् । साथै उनले आफ्ना फ्यानहरुलाई सरसफाइमा ध्यान दिन र राम्रोसँग साबुन पानीले हात धुन अनुरोध गरेका छन् ।

‘अन्य व्यक्तिलाई छुने, अंकमान गर्ने नगर्नुहोला, हाम्रो नमस्कार गर्ने संस्कार नै ठीक छ,’ हमाल भन्छन् ।

‘नमस्कार गर्ने हाम्रै चलन असाध्यै राम्रो थियो । हामीले बिर्सिदै गएका थियौं, कोरोनापछि हाम्रो आफ्नै संस्कार छ, त्यही चलन बसालौं ।,’ हमालको आग्रह छ ।

राजेश हमालले फिल्म नखेले पनि उनी व्यस्त रहन्छन् । कोरोनाका कारण हमाल फुर्सदमा छन् । फुर्सदको समयमा हमाल सामाजिक सञ्जालमा सक्रिय छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ४१ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा