सेयर कारोबार आइतबारदेखि बन्द « Khabarhub

सेयर कारोबार आइतबारदेखि बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सेयर कारोबार आजदेखि बन्द हुने भएको छ ।

सरकारले अत्यावश्यक बाहेकका बाँकी सबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो । सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन । यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेका सीइओ चन्द्रसिंह साउदले बताए ।

यसो त लगानीकर्ताले यसअघि नै केही समयका लागि सेयर बजार बन्द गर्न माग गरेका थिए ।

लगानीकर्ताको माग बमोजिम नेप्से र धितोपत्र बोर्डले बजार बन्द गर्न ग्रीन सिग्नल दिएका थिए । यसका लागि धितोपत्र बोर्डले अर्थमन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताएको थियो ।

तर शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा दिएको सम्बोधनमा अत्यावश्यक बाहेकका बाँकी सेवा कम्तिमा २ साताका लागि बन्द गर्ने भनेका छन् । सोही सेयर कारोबार बन्द हुने सीइओ साउदले बताए

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : २० बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला