अमेरिकाबाट राजबल्लभ कोइराला भन्छन् – त्यता केही भयो भने कस्तो होला ? « Khabarhub

अमेरिकाबाट राजबल्लभ कोइराला भन्छन् – त्यता केही भयो भने कस्तो होला ?


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको महामारीको सन्त्रासले विदेशमा रहेका नेपालीलाई पनि तनावमा पारेको छ । चीनबाट फैलिएको कोरोना महामारीले अमेरिकामा पनि प्रभाव पारेको छ । यसको असर अमेरिकामा बस्ने नेपालीमा देखिएको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले नेपालीलाई आकस्मिक काममा बाहेक अरु कामले घरमा रहन आग्रह गरेका छन् ।

कोइरालाले एक ट्वीट गर्दै लेखेका छन्, ‘कृपया घरमै बस्नुहोस् ।’

‘सुविधासम्पन्न देश युरोप र अमेरिकालाई त यो महामारीसँग जुध्न यस्तो कठिन छ, त्यता केही भयो भने कस्तो होला? आफै कल्पना गर्नुस् त,’ कोइरालाले नेपालप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘इमर्जेन्सी काम छैन भने प्लिज घरमै रहनुस्, आफू साथै परिवार र आफन्तलाई यो महामारीदेखि बचाउनुहोस् ।’

कोरोना भाइरसको संक्रमणको प्रभावले पछिल्लो समय युरोपियन मुलुकमा हजारौंको ज्यान गइसकेको छ । युरोप र अमेरिकामा पनि लाखौं नेपाली बसोबास गर्दै आइरहेका छन् । ती नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ ।

नेपालमा भने अझै कोरोनाको त्रास देखिए पनि कोरोना संक्रमित भने नदेखिएको बताइएको छ । एकजनामा कोरोनामा संक्रमण देखिए पनि ती व्यक्ति निको भइसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५९ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता