आइतबार रातिदेखि कञ्चनपुर जिल्ला ‘लकडाउन’, घर बाहिर निस्किन नदिइने « Khabarhub

आइतबार रातिदेखि कञ्चनपुर जिल्ला ‘लकडाउन’, घर बाहिर निस्किन नदिइने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को निर्णय नहुँदासम्मका लागि आइतबार मध्यरातिदेखि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय भएको जानकारी दिए ।

‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि यो निर्णय गरिएको हो । यसमा सबै स्थानीयले सहयोग गर्नुहुनेछ ।’

भारतसँगको प्रमुख नाका मानिसको गड्डाचौकी नाकालाई पनि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको प्रजिअ खतिवडाले जानकारी दिए ।

मंगलबारदेखि गड्डाचौकी नाकाबाट सम्पूर्ण प्रकारको आवतजावतमा रोक लगाइने छ । पछिल्लो समय गड्डाचौकी नाका हुँदै स्वदेश फर्किनेको भीड लाग्न थालेपछि स्थानीय तहले नाका बन्द गर्न भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते