आइतबार रातिदेखि कञ्चनपुर जिल्ला ‘लकडाउन’, घर बाहिर निस्किन नदिइने « Khabarhub

आइतबार रातिदेखि कञ्चनपुर जिल्ला ‘लकडाउन’, घर बाहिर निस्किन नदिइने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को निर्णय नहुँदासम्मका लागि आइतबार मध्यरातिदेखि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय भएको जानकारी दिए ।

‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने छ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि यो निर्णय गरिएको हो । यसमा सबै स्थानीयले सहयोग गर्नुहुनेछ ।’

भारतसँगको प्रमुख नाका मानिसको गड्डाचौकी नाकालाई पनि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको प्रजिअ खतिवडाले जानकारी दिए ।

मंगलबारदेखि गड्डाचौकी नाकाबाट सम्पूर्ण प्रकारको आवतजावतमा रोक लगाइने छ । पछिल्लो समय गड्डाचौकी नाका हुँदै स्वदेश फर्किनेको भीड लाग्न थालेपछि स्थानीय तहले नाका बन्द गर्न भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५५ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी