कोरोनाको प्रभाव : विशेष आर्थिक कार्यक्रम ल्याउन चेम्बरको सुझाव « Khabarhub

कोरोनाको प्रभाव : विशेष आर्थिक कार्यक्रम ल्याउन चेम्बरको सुझाव


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरस (कोभिड(१९) को कारण अर्थ व्यवस्थामा परेको प्रभावलाई मध्यनजर गर्दै आर्थिक कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

हालको परिस्थितिलाइ दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि कर लगायतमा देखिएको विषम परिस्थितिलाइ मनन गरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने बताएको हो ।

चेम्बरले सीमावर्ती भन्सारमा आएका तथा आउने वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी बैंकहरुले ऋणको भुक्तानीको अवधि रि सेडयुलिङ्ग गर्ने व्यवस्था मिलाउनुपर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने जनाएको छ ।

चेम्बरले कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधासहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह एवम् अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ५५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा