नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो « Khabarhub

नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्षमायाचनाः यो समाचार परिवार, स्थानीय राजनीतिज्ञ, नातेदारहरुको भनाई तथा अन्तर्राष्ट्रिय अनुगमन गर्ने संस्थाहरुको समेत तथ्यांकको आधारमा प्रकाशित गरिएपनि त्रुटी भएको पुष्टि भएको छ। यो समाचारका कारण पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौ । – सम्पादक

काठमाडौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ ।

आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।

यस अघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट फर्किएका ती नेपाली उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

स्थानीय व्यापारी रुङ्गटाको भने भारतस्थित पटना मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही दिन यता ज्वरो तथा रुघा खाेकी लागेका उनी उपचारका लागि पटना अस्पताल पुगेका थिए । उक्त मेडिकल कलेजमा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न शुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ५० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित