कोरोना भाइरस प्रयोगशालामा बनाइएको नोबेल पुरस्कार विजेता वैज्ञानिक मन्टेग्नियरको दावी « Khabarhub

कोरोना भाइरस प्रयोगशालामा बनाइएको नोबेल पुरस्कार विजेता वैज्ञानिक मन्टेग्नियरको दावी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एचआइभी भाइरसको खोजीका लागि नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक ल्युक मन्टेग्नियरले कोरोना भाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् ।

आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा कोरोना भाइरस एचआइभीको उपचारका लागि भ्याक्सिन बनाउने प्रयास गर्दा कोरोना भाइरस बनेको दावी गरेका हुन् ।

कोभिड १९ को जीनोममा एचआइभी र मलेरियासँग सम्बन्धी किटाणुका केही तत्व पनि पाइएको उनको दावी छ ।

उनको दावीअनुसार चीनको वुहान ल्याबले सन् २००० को दशकको सुरुवातिरबाटै यस्ता भाइरसको लागि निपुणता हासिल गरिसकेको छ ।

ल्युक मन्टेग्नियरसहित अन्य ३ वैज्ञानिकहरुलाई एचआइभीको खोजीका लागि सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस वुहानको भाइरोलोजी ल्याबबाट लिक भएको दावी गर्दै आएका थिए ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु पनि यतिबेला पुनः सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २५ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर