कोरोना भाइरस प्रयोगशालामा बनाइएको नोबेल पुरस्कार विजेता वैज्ञानिक मन्टेग्नियरको दावी « Khabarhub

कोरोना भाइरस प्रयोगशालामा बनाइएको नोबेल पुरस्कार विजेता वैज्ञानिक मन्टेग्नियरको दावी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एचआइभी भाइरसको खोजीका लागि नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक ल्युक मन्टेग्नियरले कोरोना भाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् ।

आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा कोरोना भाइरस एचआइभीको उपचारका लागि भ्याक्सिन बनाउने प्रयास गर्दा कोरोना भाइरस बनेको दावी गरेका हुन् ।

कोभिड १९ को जीनोममा एचआइभी र मलेरियासँग सम्बन्धी किटाणुका केही तत्व पनि पाइएको उनको दावी छ ।

उनको दावीअनुसार चीनको वुहान ल्याबले सन् २००० को दशकको सुरुवातिरबाटै यस्ता भाइरसको लागि निपुणता हासिल गरिसकेको छ ।

ल्युक मन्टेग्नियरसहित अन्य ३ वैज्ञानिकहरुलाई एचआइभीको खोजीका लागि सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस वुहानको भाइरोलोजी ल्याबबाट लिक भएको दावी गर्दै आएका थिए ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु पनि यतिबेला पुनः सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २५ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक