५ उपराष्ट्रपति भएको देश सुडानमा भेन्टिलेटर ४ मात्र ! « Khabarhub

५ उपराष्ट्रपति भएको देश सुडानमा भेन्टिलेटर ४ मात्र !


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यतिबेला विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाले अहिले युरोपका राष्ट्र र अमेरिकालाई बढी प्रभावित बनाएको छ ।

तुलनात्मक रुपमा अफ्रिकी देशमा संक्रमण कम छ । यदी संक्रमण फैलिए त्यहाँको स्थिति भयावह हुने विश्लेषण हुन थालेको छ । किनकी अफ्रिकी धेरै देशमा आधारभूत स्वास्थ्य सुविधाको अभाव छ । स्वास्थ्य सुविधाको अभावसँग जुधिरहेका यी देशहरुमा संक्रमितको उपचारको लागि न्यूनतम सुविधा पनि छेन ।

स्थिति यस्तो छ कि १० वटा अफ्रिकी देशहरुसँग एउटा पनि भेन्टिलेटर छैन । ४१ वटा देशहरुमा २ हजार भन्दा कम संख्यामा भेन्टिलेटर छन् ।

१ करोड १० लाख जनसंख्या भएको देश सुडानमा उपराष्ट्रपति ५ जना छन् तर भेन्टिलेटर भने केवल ४ वटा मात्र छन् । मध्य अफ्रिकी गणराज्यका ५० लाख नागरिकको लागि केवल ३ भेन्टिलेटर छन् । लाइबेरियामा ६ भेन्टिलेटर छन् । तीमध्ये एउटाको प्रयोग अमेरिकी दूतावासले गर्छ ।

१ लाख ७० हजार भेन्टिलेटर उपलब्ध भएको देश अमेरिकाले अहिले कोरोनाभाइरससँग संघर्ष गरिरहेको स्थिति हेर्दा यी कमजोर स्वास्थ्य सुविधा भएका देशहरुको हालत कल्पना पनि गर्न सकिँदैन ।

विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशहरुमा हुनसक्ने विनाशलाई लिएर विशेषज्ञहरु चिन्तित भएको जनाएको छ । जुन देशमा मास्क, अक्सिजन र साबुन पानी जस्ता आधारभूत सुविधासमेत सर्वसुलभ छैन ती देशमा कोरोनाभाइरसको महामारी फैलिएमा कसरी रोक्ने भन्ने चिन्ताले विशेषज्ञलाई सताएको छ ।

विश्व स्वास्थ्य संगठनले यी देशलाई बचाउनको लागि यहाँ कोरोनाभाइरसको महामारी फैलिनै नदिनु एकमात्र विकल्प भएको ठहर गरेको छ । संयुक्त राष्ट्रसंघको सर्वेक्षण अनुसार २०१५ सम्म सहारा मरुभूमि क्षेत्रका १५ प्रतिशत अफ्रिकीहरुसँग मात्र हात धुने सुविधा थियो । २०१७ मा लाइबेरियामा गरिएको सर्वेक्षणमा ९७ प्रतिशत घरमा स्वच्छ पिउने पानी नभएको पाइएको थियो । शोध समूह सेन्टर फर ग्लोबल डेभलपमेन्टका विश्व स्वास्थ्य नीति निर्देशक क्यालिप्सो चालकिडोका अनुसार त्यहाँ जुन कुराहरुको आवश्यकता छ ती न्यूनतम हुन् ।

स्वास्थ्य संसाधनविहीन कैयौं देशले आफ्ना नागरिकलाई बचाउन कर्फ्यू र यातायात प्रतिबनधको सहारा लिइरहेका छन् । यहाँको लागि सबैभन्दा राम्रो कुरा यही हो कि यी प्रतिबन्ध सुरुवाती चरणमै लागू गरिसकिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक