तस्वीरमा हेर्नुहोस् काठमाडौंका ४ मस्जिदको अनुगमन « Khabarhub

तस्वीरमा हेर्नुहोस् काठमाडौंका ४ मस्जिदको अनुगमन


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरभित्रका ४ मस्जिदको अनुगमन गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले मंगलबार ४ मस्जिदको अनुगमन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको महानगरले जनाइएको छ ।

केही दिनअघि मात्र उदयपुरको भुल्केमा एउटै मस्जिदमा बस्दै आएकालाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि महानगरले आफ्नो क्षेत्रभित्रका मस्जितको अनुगमन थालेको हो ।

प्रमुख शाक्यका अनुसार अनुगमनका क्रममा भीडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने ८/८ जना फेला परेको उनले बताए । सुन्धारा र स्वयम्भूमा त अझ त्योभन्दा कम सङ्ख्यामा रहेको शाक्यले बताए ।

अनुगमनकै क्रममा उनले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि बताए । अन्य समयमा भीडभाड हुने ती मस्जिद अहिले सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरुबाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले काठमाडौँ उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति बनाएर निरन्तर निगरानी गरेको बताए ।

पूर्वराज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौँस्थित घण्टाघरको दायाँबायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् । यसबाहेक स्वयम्भूमा अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बूढानीलकण्ठमा साना—साना मस्जिद छन् । उनका अनुसार भक्तपुरमा दुई र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।

अनुगमनमा महानगर प्रमुख शाक्यसहित मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोली गएको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : १९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज