तस्वीरमा हेर्नुहोस् काठमाडौंका ४ मस्जिदको अनुगमन | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् काठमाडौंका ४ मस्जिदको अनुगमन


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरभित्रका ४ मस्जिदको अनुगमन गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले मंगलबार ४ मस्जिदको अनुगमन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको महानगरले जनाइएको छ ।

केही दिनअघि मात्र उदयपुरको भुल्केमा एउटै मस्जिदमा बस्दै आएकालाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि महानगरले आफ्नो क्षेत्रभित्रका मस्जितको अनुगमन थालेको हो ।

प्रमुख शाक्यका अनुसार अनुगमनका क्रममा भीडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने ८/८ जना फेला परेको उनले बताए । सुन्धारा र स्वयम्भूमा त अझ त्योभन्दा कम सङ्ख्यामा रहेको शाक्यले बताए ।

अनुगमनकै क्रममा उनले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि बताए । अन्य समयमा भीडभाड हुने ती मस्जिद अहिले सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरुबाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले काठमाडौँ उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति बनाएर निरन्तर निगरानी गरेको बताए ।

पूर्वराज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौँस्थित घण्टाघरको दायाँबायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् । यसबाहेक स्वयम्भूमा अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बूढानीलकण्ठमा साना—साना मस्जिद छन् । उनका अनुसार भक्तपुरमा दुई र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।

अनुगमनमा महानगर प्रमुख शाक्यसहित मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोली गएको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : १९ बजे

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा

नयाँ दलले देशमा केही भएन भनेर गलत भाष्य निर्माण गर्न खोजे : गोविन्द भट्टराई  

काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूले देशलाई

क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमन बढ्यो

एजेन्सी – क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै