कोरोना भाइरस : १ लाख ७७ हजार भन्दाबढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : १ लाख ७७ हजार भन्दाबढीको मृत्यु


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको  संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ ।

मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको हो  ।

यो समाचार तयार पार्दासम्म एकैदिन विश्वभर ७५ हजार २४५ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ लाख ५६ हजार ५१२ पुगेको छ ।

अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । अमेरिकामा थप २ हजार ८०४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९० हजार ५०३ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ । त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ३८२ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सुरुवात भएको मुलुक चीनमा ३० जना नयाँ संक्रमित देखिए पनि पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको कोरोना भाइरसले मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २० बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो