सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप « Khabarhub

सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा यसको रोकथामका लागि औषधिदेखि खोपसम्म बनाउने कार्यले तीव्रता पाएको छ ।

महामारीले आक्रान्त भएका मुलुकहरु रक्षात्मक हुँदै लकडाउनमा छन् । सँगसँगै कोरोना रोकथामका लागि औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ ।

सिंगापुरले भने कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको जनाएको छ । उक्त एपले नजिक रहेका कोरोना भाइरस संक्रमितको सूचना दिने दावी गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना प्रभावित मान्छे दुई मिटरसम्म पर रहेपनि एपको प्रबिधिले जानकारी दिने जनाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सिंगापुर सरकारले एप डाउनलोड गर्न आफ्ना नागरिकलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : १४ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक