पार्टीलाई अझै सुदृढ बनाउन नेकपा अध्यक्ष प्रचण्डको आह्वान « Khabarhub

पार्टीलाई अझै सुदृढ बनाउन नेकपा अध्यक्ष प्रचण्डको आह्वान


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज वक्तव्य जारी गर्दै दाहालले ऐतिहासिक पार्टी एकतापछि पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाउँदै पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका हुन् ।

उनले यही दिशामा सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

‘७१ वर्ष लामो राजनीतिक सङ्घर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ’, अध्यक्ष दाहालद्वारा जारी वक्तव्यमा भनिएको छ ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानवजातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै दाहालले विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई अवलम्बन गर्दै त्यसकाविरुद्ध एकताबद्व सङ्घर्षमा होमिन सबैलाई अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ५३ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ