एक बर्ष कैद भुक्तान गर्न बाँकी रहेका नौ कैदी रिहा हुँदै « Khabarhub

एक बर्ष कैद भुक्तान गर्न बाँकी रहेका नौ कैदी रिहा हुँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले एक वर्ष कैद भुक्तान गर्न बाँकी नौ कैदीलाई कानूनबमोजिमको रकम तिरेर रिहा गर्न आदेश दिएको छ ।

कोरोना भाइरसको कारण देखाउँदै कारागारमा कैदीको चाप घटाउने उद्देश्यले एक वर्ष कैद भुक्तान गर्न बाँकी कैदीलाई भुक्तान गर्न बाँकी रहेको अवधिको कैदलाई दैनिक तीन सयका दरले रकम र जरिवाना भए सो रकम तिरेर रिहा गर्न सकिने सर्वोच्च अदालतको आदेशका आधारमा नेपालगञ्ज इजलासले सो आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा न्यौपाने र राजेशकुमार काफ्लेको मङ्गलबारको संयुक्त आदेशले सर्वोच्च अदालतको निर्णय, मिसिलमा संलग्न लिखित जवाफ र निवेदकका तर्फबाट पेश भएका फैसलाका प्रतिलिपिसमेतको अध्ययनबाट विपद्को विशेष परिस्थितिमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको हो ।

उच्च अदालतको आदेशमा प्रजुन गिरी, श्रीशेष रावल, लीलाबहादुर बस्नेत, मेघराज रोकाय, सुन्दर हरिजन, समिर सिद्धिकी, मीनबहादुर शाह, सीता कामी र हस्तबहादुर विकले कैद भुक्तान अवधिको रकम दैनिक तीन सय र जरिवानावापतको रकम बुझाएर रिहा हुन लागेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

उनीहरुले पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना पनि तिर्न बाँकी छ । यसअघि गत चैत २६ गते जिल्ला अदालत बाँकेका न्यायाधीश खडानन्द तिवारीसमेत पाँच न्यायाधीशको इजलासले एउटै मतका आधारमा उनीहरुलाई सुविधा दिन नमिल्ने भनेर आदेश दिएको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : ३२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्