र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा रहेको दुईजना नर्सको पीसीआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जना नर्सको कोराना नेगेटिभ आएको शुक्रराज अस्पतालका निर्देशक डा सागरराज भण्डारीले खबरहबलाई जानकारी दिए । दुवै जनाको रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेकको अस्पतालका निर्देशक डा भण्डारीको भनाइ छ ।

केन्द्रीय कारागारमा कार्यरत दुवै नर्सको मंगलबार र्‍यापिड डाइग्रोस्टिक टेस्ट आरडीटीका क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

आरडीटीमा कोरोना संक्रमणको संकेत देखिए पछि उनीहरुलाई शुक्रराज अस्पताल भर्ना गरी थ्रोड स्वाबको नमूना संकलन गरी हिजो नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले केही समय अघि उनीहरुको परीक्षण सकिएको र दुवै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएपछि अस्पतालले दुवै नर्सलाई डिस्चार्ज गर्न लागेको अस्पतालका निर्देशक डा भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग