र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा रहेको दुईजना नर्सको पीसीआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जना नर्सको कोराना नेगेटिभ आएको शुक्रराज अस्पतालका निर्देशक डा सागरराज भण्डारीले खबरहबलाई जानकारी दिए । दुवै जनाको रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेकको अस्पतालका निर्देशक डा भण्डारीको भनाइ छ ।

केन्द्रीय कारागारमा कार्यरत दुवै नर्सको मंगलबार र्‍यापिड डाइग्रोस्टिक टेस्ट आरडीटीका क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

आरडीटीमा कोरोना संक्रमणको संकेत देखिए पछि उनीहरुलाई शुक्रराज अस्पताल भर्ना गरी थ्रोड स्वाबको नमूना संकलन गरी हिजो नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले केही समय अघि उनीहरुको परीक्षण सकिएको र दुवै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएपछि अस्पतालले दुवै नर्सलाई डिस्चार्ज गर्न लागेको अस्पतालका निर्देशक डा भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : ३९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक