कोरोना संक्रमणबाट मुक्त भए धादिङका युवक, घरसम्म पुर्‍याउने साधन नपाउँदा डिस्चार्जमा समस्या | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट मुक्त भए धादिङका युवक, घरसम्म पुर्‍याउने साधन नपाउँदा डिस्चार्जमा समस्या


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचारत धादिङका कोरोना संक्रमित युवा निको भएका छन् ।

अस्पताका निर्देशक डाक्टर सागरराज भण्डारीका अनुसार धादिङका युवकको पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रयोगशालाको रिपोर्टानुसार कोरोना संक्रमणबाट मुक्त भइसके पनि उनी अहिले अस्पतालमै छन् । काठमाडौं उपत्यका बाहिर धादिङ घर भएकाले घरसम्म कसरी पुर्‍याउने भनेर समस्या परेकाले उनलाई डिस्चार्ज गरिएको छैन ।

अस्पतालका निर्देशक डा भण्डारीले कोरोना निको भएका ती युवलाई घरसम्म पुर्‍याउने व्यवस्था भएपछि मात्र डिस्चार्ज गरिने बताए । अस्पतालका निर्देशक भण्डारीले उनलाई घरसम्म पुर्‍याउन उनको घर भएको गाउँपालिकाका अध्यक्षसँग सम्पर्क गरिरहेको खबरहबलाई जानकारी दिए ।

‘उहाँ (धादिङका युवक) निको हुनुहुभएको हो, आज डिस्चार्ज गर्ने योजना छ । तर, उहाँको काठमाडौंमा घर छैन,डिस्चार्ज गरेर होटलमा बस्नुपर्‍यो भने होटलमा जान दिन्छन् दिँदैनन्, वरपरका मान्छेको कस्तो व्यवहार गर्छन् थाहा छैन,’ अस्पतालका निर्देशक डा भण्डारीले खबरहबसँग भने, ‘धादिङ नै पठाउन कुन साधनमा पठाउने ? त्यसैले मैले त्यहाको गाउँपालिकासँग समन्वय गरेको छु, गाउँपालिकाको पनि जिम्मेवारी हो, मेरो योजना भनेको यी युवालाई डाइरेक्ट घरसम्मै पुर्‍याइदिने हो ।’

डा भण्डारीका अनुसार युवाको गाउँपालिकासँग समन्वय भएर सवारीसाधनको व्यवस्थापन भएपछि मात्र उनलाई डिस्चार्ज गरिने छ ।

धादिङका ३२ वर्षीया युवा चैत ६ गते दुवइबाट काठमाडौं आएका थिए । स्वास्थ्य मन्त्रालयले चैत १२ गते पत्रकार सम्मलेनमा उनमा कोरानो पुष्टि भएको घोषणा गरेको थियो ।

काठमाडौंको होटलमा बसिरहेका उनमा कोरोनाको लक्षण देखिएपछि अस्पताल पुगेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा चैत ११ गते भएको परीक्षण उनमा कोरोना देखिएको थियो । त्यसयता नै उनी शुक्रराज अस्पतालको आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : २६ बजे

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं– चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बंगलादेशको अर्थतन्त्र ५.८२

धुलिखेल-खावा सडक : राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री

संसद्‍‍मा उठ्यो सिरोहियालाई पक्राउ पुर्जीको कुरा

काठमाडौं-प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश

ओलीको आग्रह- कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ  

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध