कोरोना संक्रमणबाट मुक्त भए धादिङका युवक, घरसम्म पुर्‍याउने साधन नपाउँदा डिस्चार्जमा समस्या « Khabarhub

कोरोना संक्रमणबाट मुक्त भए धादिङका युवक, घरसम्म पुर्‍याउने साधन नपाउँदा डिस्चार्जमा समस्या


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचारत धादिङका कोरोना संक्रमित युवा निको भएका छन् ।

अस्पताका निर्देशक डाक्टर सागरराज भण्डारीका अनुसार धादिङका युवकको पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रयोगशालाको रिपोर्टानुसार कोरोना संक्रमणबाट मुक्त भइसके पनि उनी अहिले अस्पतालमै छन् । काठमाडौं उपत्यका बाहिर धादिङ घर भएकाले घरसम्म कसरी पुर्‍याउने भनेर समस्या परेकाले उनलाई डिस्चार्ज गरिएको छैन ।

अस्पतालका निर्देशक डा भण्डारीले कोरोना निको भएका ती युवलाई घरसम्म पुर्‍याउने व्यवस्था भएपछि मात्र डिस्चार्ज गरिने बताए । अस्पतालका निर्देशक भण्डारीले उनलाई घरसम्म पुर्‍याउन उनको घर भएको गाउँपालिकाका अध्यक्षसँग सम्पर्क गरिरहेको खबरहबलाई जानकारी दिए ।

‘उहाँ (धादिङका युवक) निको हुनुहुभएको हो, आज डिस्चार्ज गर्ने योजना छ । तर, उहाँको काठमाडौंमा घर छैन,डिस्चार्ज गरेर होटलमा बस्नुपर्‍यो भने होटलमा जान दिन्छन् दिँदैनन्, वरपरका मान्छेको कस्तो व्यवहार गर्छन् थाहा छैन,’ अस्पतालका निर्देशक डा भण्डारीले खबरहबसँग भने, ‘धादिङ नै पठाउन कुन साधनमा पठाउने ? त्यसैले मैले त्यहाको गाउँपालिकासँग समन्वय गरेको छु, गाउँपालिकाको पनि जिम्मेवारी हो, मेरो योजना भनेको यी युवालाई डाइरेक्ट घरसम्मै पुर्‍याइदिने हो ।’

डा भण्डारीका अनुसार युवाको गाउँपालिकासँग समन्वय भएर सवारीसाधनको व्यवस्थापन भएपछि मात्र उनलाई डिस्चार्ज गरिने छ ।

धादिङका ३२ वर्षीया युवा चैत ६ गते दुवइबाट काठमाडौं आएका थिए । स्वास्थ्य मन्त्रालयले चैत १२ गते पत्रकार सम्मलेनमा उनमा कोरानो पुष्टि भएको घोषणा गरेको थियो ।

काठमाडौंको होटलमा बसिरहेका उनमा कोरोनाको लक्षण देखिएपछि अस्पताल पुगेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा चैत ११ गते भएको परीक्षण उनमा कोरोना देखिएको थियो । त्यसयता नै उनी शुक्रराज अस्पतालको आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : २६ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली