बालुवाटारमा ओली-प्रचण्डद्वारा नेकपाका सांसदहरुसँग छलफल | Khabarhub Khabarhub

बालुवाटारमा ओली-प्रचण्डद्वारा नेकपाका सांसदहरुसँग छलफल


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा नेकपाका सांसदहरुसँग अध्यक्षद्वयले छलफल गरिरहेका हुन् ।
उनका अनुसार अध्यक्षद्वयले सांसदहरुसँग प्रदेहस्तरीय समूहमा छलफल गरिरहेका छन् ।

सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशस् सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने उनले जानकारी दिए

सोमबार जारी भएको दुईवटा अध्यादेश कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको थापाले जानकारी दिए ।

पार्टी विभाजन गर्नका लागि संसदीय दल वा केन्द्रीय कमिटी मध्ये एकमा ४० प्रतिशत भए पुग्ने गरि अध्यादेश जारी भएसँगै नेकपामा फुटको सम्भावना रहेको चर्चा चलिहरको छ । पूर्व एमाले र माओवादी पक्षका नेताकार्यकर्ताहरुसमेत एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका समयमा अध्यक्षद्वयले आफ्ना सांसदहरुसँग छलफल थालेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ३५ बजे

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय