बालुवाटारमा ओली-प्रचण्डद्वारा नेकपाका सांसदहरुसँग छलफल « Khabarhub

बालुवाटारमा ओली-प्रचण्डद्वारा नेकपाका सांसदहरुसँग छलफल


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा नेकपाका सांसदहरुसँग अध्यक्षद्वयले छलफल गरिरहेका हुन् ।
उनका अनुसार अध्यक्षद्वयले सांसदहरुसँग प्रदेहस्तरीय समूहमा छलफल गरिरहेका छन् ।

सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशस् सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने उनले जानकारी दिए

सोमबार जारी भएको दुईवटा अध्यादेश कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको थापाले जानकारी दिए ।

पार्टी विभाजन गर्नका लागि संसदीय दल वा केन्द्रीय कमिटी मध्ये एकमा ४० प्रतिशत भए पुग्ने गरि अध्यादेश जारी भएसँगै नेकपामा फुटको सम्भावना रहेको चर्चा चलिहरको छ । पूर्व एमाले र माओवादी पक्षका नेताकार्यकर्ताहरुसमेत एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका समयमा अध्यक्षद्वयले आफ्ना सांसदहरुसँग छलफल थालेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ३५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई