आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको तृतीया तिथि । अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। बन्धुसँगको सहकार्यले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएमा दिन राम्रो बन्नेछ।

वृष : आम्दानी बढ्ने दिन छ। सहकर्मी साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग भने सचेत भएर काम गर्नुपर्ने दिन छ। वैदेशिक क्षेत्रको प्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। दुई पाङ्गे सवारी साधनको यात्रा नगर्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि दैनिकीको सुरुवात दानबाट गर्नु उपयुक्त हुनेछ।

कर्कट : दिन सहज छ। अध्ययनमा मन जानेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। विपक्षीले प्रशंसा गर्ने दिन छ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ।

सिंह : विरोधी साथीको संख्याको बहुमत छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारमा सल्लाह नगरी अगाडि बढेमा काममा असफलता मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सानो कुराले स्वास्थ्यमा संकट पर्ने भएकाले सचेत बन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। धन आर्जन गर्ने दिन छ। परिवारको सल्लाहबाट गरेको काममा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : प्रविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। राज्यको अंगमा सक्रिय भए पदोन्नती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : कुनै योजना बनाएको भए अगाडी बढाउनुहोला । परिवारको साथले सोचेको  काम बन्ने दिन  छ । आज मिष्ठान्न भोजन प्राप्त  हुनेछ ।

धनु : दिन राम्रो छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ।  सल्लाह गरेर अगाडि बढेमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलमा बौद्धिक साथीहरु भएकाले सचेत बन्नु आवश्यक देखिन्छ।

मकर : शुभ ग्रहको समय छ। धनस्थानमा चन्द्रमा पुगेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सहज छ। सोचेको काम बन्नेछ। स्वास्थ्यमा भने समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : सम्पत्ति खर्च गर्ने विषयमा सचेत बन्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। गणेश भगवानप्रति आस्था मात्र राखेमा शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको सहमतिमा अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : ०३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई