लकडाउनका बेला वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न २४ औं घण्टा गस्ती | Khabarhub Khabarhub

लकडाउनका बेला वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न २४ औं घण्टा गस्ती


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले चौबीसै घण्टा गस्ती गर्ने भएको छ ।

कार्यालय मातहतका ६ वटै सव डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्नका लागि गस्ती र अनुगमनको कार्यलाई अगाडी बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो ।

लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट १ सय ५० घनमिटर सालका गोलीया, ५ वटा गोरुगाडा, एउटा मोटरसाइकल तथा २/२ वटा मृत बदेल र चितलसहित तीन जना तस्करलाई पक्राउ गरी आवश्यक आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । अवस्थीका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ ।

बस्तीमा छिरेका एउटा चितललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उनले बताए । ‘वनपैदावार तथा वन्यजन्तुको तस्करीमा संलग्नलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम थप सजायको व्यवस्था छ,’ उनले भने, ‘लकडाउनको उल्लङ्घन गरी काठ र वन्यजन्तुको तस्करीमा संलग्न हुनेलाई हदै सम्मको कारवाही हुन्छ ।’ वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उनले बताए ।

काठ तस्करीका लागि जिल्लाको दक्षिणी क्षेत्र बढी सम्वेदनशील देखिएको छ भने वन्यजन्तुको चोरी सिकारीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएका सामुदायिक वन बढी सम्वेदनशील रहेका छन् । यस्ता सम्वेदनशील क्षेत्रमा निगरानी बढाएको उनले बताए । वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई वन र वन्यजन्तु संरक्षणका लागि सजग र सतर्क अवस्थामा राखिएको छ । वन क्षेत्रमा हुन सक्ने आगलागीका घटना रोक्नका लागि पनि अग्नी नियन्त्रक दललाई सक्रिय पारिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ३० बजे

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन