अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै | Khabarhub Khabarhub

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना भाइरसको त्रास छ । यो त्रासकाबीच बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोप तयार गरी मानिसमा परीक्षण गर्ने भएपछि केही आशा पलाएको छ ।

बिहीबारबाट उक्त खोप मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारबाट खोप मानिसमा परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप ८० प्रतिशतभन्दा बढी सफल हुनेमा वैज्ञानिकहरू आशावादी छन् ।

यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले कोरोनाविरुद्धको खोप परीक्षण थालेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २८ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार