अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै « Khabarhub

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना भाइरसको त्रास छ । यो त्रासकाबीच बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोप तयार गरी मानिसमा परीक्षण गर्ने भएपछि केही आशा पलाएको छ ।

बिहीबारबाट उक्त खोप मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारबाट खोप मानिसमा परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप ८० प्रतिशतभन्दा बढी सफल हुनेमा वैज्ञानिकहरू आशावादी छन् ।

यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले कोरोनाविरुद्धको खोप परीक्षण थालेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २८ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई