नेपालमा रहेका विदेशी खेलाडीलाई एन्फाले बाँड्यो खाद्यान्न « Khabarhub

नेपालमा रहेका विदेशी खेलाडीलाई एन्फाले बाँड्यो खाद्यान्न


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग खेलेका विदेशी खेलाडीका लागि खाद्य सामाग्री उपलब्ध गराएको छ।

लिग खेल्न नेपाल आएका विदेशी खेलाडीहरु कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले देशव्यापी लकडाउन जारी गरेपछि नेपालमै रोकिएका छन् । एन्फाले उनीहरुका लागि चामल, दाल, तरकारी लगायत खाद्यान्न प्रदान गरेको हो।

फागुन पहिलो साता ए डिभिजन लिग सम्पन्न भएको थियो । ए डिभिजनका विभिन्न क्लबका गरि २८ जना विदेशी खेलाडी काठमाडौंमा रहेको एन्फाले जानकारी दिएको छ ।

एन्फाले आफ्नै एम्बुलेन्समा खेलाडीहरुसम्म सामाग्री पुर्‍याएको छ । एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई आफ्ना दुई एम्बुलेन्स कोरोना भाइरसको संक्रमण नसकिएसम्मका लागि प्रयोग गर्न हस्तान्तरण गरेको थियो ।

यस्तै एन्फाको रौतहटस्थित महिला एकेडेमीमा स्थानीय ४० भन्दा बढी मानिसहरू क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : २२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक