हलमा २ दिनमै उत्रिएको फिल्म ‘पासवर्ड’ लाई युट्युबमा गालीको वर्षात « Khabarhub

हलमा २ दिनमै उत्रिएको फिल्म ‘पासवर्ड’ लाई युट्युबमा गालीको वर्षात


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ फ्लप फिल्ममध्ये एक हो । यो फिल्म कतिपय हलबाट २ दिनमै उत्रेको थियो । तर, फिल्मले युट्युबमा भने नपत्याउँदो दर्शक पाएको छ ।

एक हप्ताअघि युट्युबमार्फत सार्वजनिक गरिएको ‘पासवर्ड’ लाई यो समाचार तयार पार्दासम्म ३५ लाख दर्शकले हेरेका छन् भने युट्युबको नेपालमा नम्बर एक ट्रेन्डिङमा छ ।

लकडाउनका बेला युट्युबमार्फत सार्वजनिक गरिएको यो फिल्मले दर्शकबाट नकारात्मक कमेन्ट पाएको छ । दर्शकले कस्तो फिल्म बनाएको भन्दै गाली गरेका छन् ।

अनुपविक्रम शाही, विक्रम जोशी, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, विक्रम बस्नेत लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सम्राट बस्नेतको निर्देशन छ ।

बलिउड नायिका सनी लियोनीको आइटम डान्स रहेका कारण चर्चामा आएको फिल्म ‘पासवर्ड’ हलमा पत्तासाफ भएको थियो । सनी लियोनीलाई नेपाल आमन्त्रण गरेर भव्य प्रिमियर शो गरिएको थियो । तर, फिल्म रिलिजपछि हलसम्म दर्शक आएनन् । सामाजिक सञ्जालमा सनी लियोनी नेपाल आएको चर्चा चुलियो ।

लकडाउनका बेला फुर्सदमा दर्शकले फिल्म हेरे पनि कमेन्टमा भने गाली गरेका छन् ।

‘दुई घण्टा खेर फाल्ने भए यो फिल्म हेर्नुस्,’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्को प्रयोगकर्ताको कमेन्ट छ, ‘फिल्म हेर्दा कसैले देख्यो भने पनि के भन्ला भनेर सोच्नुपर्ने फिल्म बनाएछन्, राम राम ।’

अर्का एक प्रयोगकर्ताले हचुवाको भरमा फिल्म बनाएको भन्दै नेपाली फिल्मको स्तरमाथि नै टिप्पणी गरेका छन् ।

‘नेपाली फिल्म यस्तै मात्र बनाउँछन्, अलि राम्रो फिल्म बनाउन सिक’, नवलपरासी किङ्ग नामक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । अर्का एक प्रयोगकर्ताले फिल्म हेरेर समय खेर भएको तर लकडाउनका बेला भएर हेरेको प्रतिक्रिया दिएका छन् ।

अझ एक प्रयोगकर्ताले त आजसम्म यति चित्त नबुझ्दो फिल्म नहेरेको भन्दै कमेन्ट गरेका छन् । केही प्रयोगकर्ताले भने सनी लियोनी भएका कारण फिल्म हेरेको भन्दै कमेन्ट लेखेका छन् ।

युट्युबमा फिल्म हेरिए पनि दर्शकले फिल्मको कथाबाट चित्त बुझाउन सकेका छैनन् । यो फिल्मले लगानी र स्टारकास्ट भएर मात्र फिल्म चल्दैन भन्ने पुष्टि गरेको कतिपयको टिप्पणी छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २३ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८