कोरोना भाइरस महामारीको चपेटामा परेको अमेरिकामा भूकम्प गएपछि… « Khabarhub

कोरोना भाइरस महामारीको चपेटामा परेको अमेरिकामा भूकम्प गएपछि…


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट आक्रान्त अमेरिकामा भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन् ।

अमेरिकाको दक्षिणी ईलाकामा भूकम्पको झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । दक्षिणी क्यालिफोर्निया र त्यसको आसपासका क्षेत्रहरुमा स्थानीय समयअनुसार मंगलबार राति १२ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको छ ।

युएसजीएसका अनुसार भ्यु पार्क विन्सर हिल्सको दक्षिणी क्षेत्रभन्दा एक मील दूरी टाढाको क्षेत्रमा भूकम्प गएको हो । भूकम्पले कुनै क्षति नगरेको बताइएको छ ।

सन् १९९३ मा पनि त्यहाँ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । दक्षिणी क्यालिफोर्नियामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

टोरेन्सको दक्षिणी खाडीमा भूकम्प गएपछि मानिसहरु घर बाहिरको सडकमा निस्किएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ५० बजे

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ– चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू

काठमाडौं– नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले

मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरूबारे चिकित्सकहरूलाई सहजै जानकारी दिन

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर