कोरोनाको संक्रमण रोक्न बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा उच्च निगरानी « Khabarhub

कोरोनाको संक्रमण रोक्न बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा उच्च निगरानी


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्रले सीमा क्षेत्रमा कडाइ गरेको हो ।

करिव एक महिनाको अविधमा बारा जिल्लामा लक डाउन प्रभावकारी देखिएको सशस्त्र प्रहरी बल नेपाल न. १२ गण गणपती सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले बताए ।

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिँदै उनले जिल्लामा सम्पूर्ण सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको जानकारी दिए ।  सामान्य अवस्थामा रहने जनशक्ति भन्दा  हाल तीन  गुणा बढी संख्यामा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।

गणपति सुबेदीले भने,“सीमामा हाल हरेक ४ सय मिटरदेखि ६ सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ । सीमा क्षेत्रमा हुने आवत-जावत पूर्ण रुपमा रोक्न सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।”

सीमामा जम्मा ७ वटा बीओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरी बल बाराले थप १७ वटा पोस्ट निर्माण गरी सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको गणपति सुबेदीले बताए । उनले ६० किलोमिटर सीमा रहेको बारा जिल्लाको  दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरिको उपस्थिति रहेको उनले बताए ।

सशस्त्र प्रहरी बलले स्थायी रुपमा ड्यूटी, सवारी साधनबाट मोबाईल गस्ती तथा पैदल एब साइकल गस्ती समेत गर्ने गरेको छ । जिल्लाको सिमा जोडीएका जम्मा बीस वडाहरुमा सीमा समन्वय तथा निगरानी समिति गठन गरिएको हुँदा कार्य सम्पादनमा सहज भएको उनले बताए ।

लकडाउन शुरु भएपश्चात बाराको सीमा क्षेत्रबाट हालसम्म दश जना व्यक्तिलाई भारतबाट नेपाल प्रवेश गर्न र १०५ जनालाई नेपालबाट भारत प्रवेश गर्न रोक लगाइएको गणपति सुबेदीले जानकारी दिए । उनले मंगलबारसम्म ३५० भन्दा बढी सवारी सवारी साधन नियन्त्रण लिएको समेत जानकारी दिए ।

जिल्लामा सबैभन्दा पहिले हेल्थ डेस्क सञ्चालन गरेर सशस्त्र प्रहरी बल बाराले कोरोना भाइरसको जोखिम फैलिन नदिन सतर्कता अपनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ३७ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन