राहात वितरण गर्ने क्रममा पर्सामा झडप, ८ जना घाइते « Khabarhub

राहात वितरण गर्ने क्रममा पर्सामा झडप, ८ जना घाइते


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितलाई भनेर पर्सामा राहात वितरणको विषयलाई लिएर झडप भएको छ ।

पर्साको जिराभवानी गाउँपालिकामा राहात वितरणको विषयलाई लिएर भएको विवादले झडपको रुप लिएको हो । झडपमा परेर ८ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पत्रकार पनि छन् ।

बुधबार दिउँसो राहात वितरणमा ढिलाइ भएको भन्दै स्थानीय व्यक्तिले गाउँपालिका कार्यालय घेराउ गरेपछि सशस्त्र प्रहरीले भीड हटाउन खोज्दा झडप भएको हो ।

झडपमा परेर घाइते भएकामध्ये नारायणी एफएमका संवाददाता कृष्ण मोहन साहको टाउकोमा चोट लागेको छ । उनीसहित घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
लकडाउनको १ महिना पुग्दै लाग्दा गाउँपालिकाले पहिलोपटक स्थानीयलाई राहात वितरण गर्न लागेको थियो । तर, राहात वितरणमा पक्षपात गर्न खोजिएको तथा ढिलाइ गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग