अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी वैशाख १७ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको हो ।

आजमात्रै कांग्रेसका ११ जना युवानेताहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै सामूहिक विज्ञप्ति जारी गरेका थिए ।

आजै कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुको सामूहिक बैठक आह्वान गरेको थियो ।

बैठकले सरकारले जारी गरेका अध्यादेशहरु संविधानको मर्म विपरितको भएको भन्दै तत्काल फिर्ता लिन माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सामाजिक दूरी कायम गर्ने व्यवस्थासहित संसद बैठक बोलाउन समेत माग गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २६ बजे

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा