ई–पार्लियामेन्ट सञ्चालनका लागि माईक्रोसफ्ट टीम्सको प्रयोग गर्न सुझाव « Khabarhub

ई–पार्लियामेन्ट सञ्चालनका लागि माईक्रोसफ्ट टीम्सको प्रयोग गर्न सुझाव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ई–प्यार्लियामेन्ट (विद्युतीय रुपमा संसद) सञ्चालन गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न गठन गरिएको ७ सदस्यीय समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका बीच प्रविधिको प्रयोग गरी अनलाइनमार्फत संघीय संसदका गतिविधिहरु सञ्चालन गर्न सकिने सम्भावनाको अध्ययन गर्न गठित समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

ई–पार्लियामेन्ट सञ्चालनको सम्भावना अध्ययन गर्न वैशाख ४ गते संघीय संसद सचिवालयका सचिव (अनुसन्धान) ध्रवप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो ।

समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाउँदै ई–पार्लियामेन्ट सञ्चालनको लागि माइक्रोसफ्ट टीम्स नामक प्लेटफर्मलाई प्रयोग गर्न सकिने सुझाव दिएको छ ।

तथ्याङ्कहरु चुहिने सम्भावना नभएको तथा सबै प्रकारका अनलाईन तथा साइबर सुरक्षाका सुविधा उपलब्ध भएका कारण माइक्रोसफ्ट टीम्समार्फत ई–पार्लियामेन्ट सञ्चालन गर्न सकिने समितिको सुझाव छ ।

माईक्रोसफ्ट टीम्स अमेरिकी कम्पनी माईक्रोसफ्टले निर्माण गरेको एक भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म हो । यसबाट ३०० जनाभन्दा बढी प्रयोगकर्ताले एकसाथ प्रत्यक्ष वार्तालाप (भिडियो कुराकानी) गर्न सक्छन् ।

इन्टरनेटको प्रयोगबाट मोबाइल तथा कम्प्युटरमार्फत यो प्लेटफर्ममा आवद्ध भएर भिडियो वार्ता गर्न सकिन्छ ।

संघीय संसदको समितिले दिएको सुझावमा माईक्रोसफट् टीम्समा ३०० भन्दा बढी प्रयोगकर्ताहरुले एकै पटक प्रयोग गर्न सक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको, छलफलको बीचमै दुई वा सोभन्दा बढी सदस्यहरुबीच आपसमा गोप्य छलफल समेत गर्ने लगायतका सुविधाहरु रहेको र डेटा स्टोरेजको समस्या नरहेको, गोप्य भोटिङ गर्न सकिने सुविधा रहेको, फाइल सेयर तथा स्टोर गर्न सकिने, लकडाउनको समयको लागि लाइसेन्स शुल्कमा केही छुट पनि उपलब्ध हुने देखिएको, मोबाइल, डेस्कटप, ल्यापटपमा वेवबाटै सिधै कन्फ्रेसिङ गर्न सकिने लगायतका सुविधा उल्लेख गरी ई–पार्लियामेन्ट सञ्चालनका लागि उक्त प्लेटफर्म उपयुक्त हुने बताइएको छ ।

संघीय संसदको समितिले कार्य प्रारम्भ गरेको १० दिन भित्रै उक्त प्रविधिलाई प्रयोगमा ल्याई ई–पार्लियामेन्ट सञ्चालनमा ल्याउन सकिने पनि जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : ५६ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले