ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमको स्वास्थ्य लाभको कामना « Khabarhub

ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमको स्वास्थ्य लाभको कामना


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  स्थानीय समयानुसार मंगलबार ट्रम्पले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन् ।

‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भनेका छन् ।

दैनिक एक कार्यक्रममा मङंगलबार ट्रम्पले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि स्मरण गरे ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि ट्रम्पले यस्तो बताएका हुन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित थिए । उनी त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिएका गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार किमको अवस्थामा उनीहरुले कुनै फरक नरहेको बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : ०३ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको