पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको समाजवादीको आरोप « Khabarhub

पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको समाजवादीको आरोप


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको आरोप लगाएको छ ।

समाजवादीका प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डेले सरकारले अपहरण शैलीमा समाजवादी पार्टीका नेतालाई जनकपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाएका हुन् ।

पाण्डेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा गएको प्रहरी टोलीले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा जनपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाए ।

उनले पार्टी फुटाउने प्रयोजनका लागि नेता यादवलाई ल्याइएको उल्लेख गरेका छन् । पाण्डेले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५:०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’

पाण्डेको स्टाटसलाई  रिट्वीट गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीतन्त्रको नांगोरुप देखिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : ३० बजे

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।