पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको समाजवादीको आरोप « Khabarhub

पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको समाजवादीको आरोप


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको आरोप लगाएको छ ।

समाजवादीका प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डेले सरकारले अपहरण शैलीमा समाजवादी पार्टीका नेतालाई जनकपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाएका हुन् ।

पाण्डेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा गएको प्रहरी टोलीले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा जनपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाए ।

उनले पार्टी फुटाउने प्रयोजनका लागि नेता यादवलाई ल्याइएको उल्लेख गरेका छन् । पाण्डेले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५:०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’

पाण्डेको स्टाटसलाई  रिट्वीट गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीतन्त्रको नांगोरुप देखिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ८ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको