कोरोना संक्रमणको त्रासमा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ? (६ टिप्स ) | Khabarhub Khabarhub

कोरोना संक्रमणको त्रासमा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ? (६ टिप्स )


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड-१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?किशोरावस्था सजिलो समय हैन । तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द गरिएका छन्, इभेन्टहरू क्यान्सिल भएका छन्, र दिनदिनै भेट हुने, गफसफ गर्ने साथीसँगी छुटेका छन् ।

यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नाबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईं एक्लै मात्रै हैन । तपाईंका धेरै साथीसँगीलाई पनि यस्तै लागिरहेको छ । यो अवस्थाको कसरी सामना गर्ने केही उपाय निम्न छन् –

१. चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझ्नुहोस्

तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने तपाईं एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो।

विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त्यसले चिन्ता लगाउन सक्छ । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस् । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन् । युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन आदिका वेबसाइट भरपर्दा स्रोत हुन् ।

२. मन भुलाउने उपाय गर्नुहोस्

आफू निराश हुँदैछु भन्ने लाग्यो भने यो कुरा सम्झिनुहोस् ।  कुन कुरा तपाईंको वशमा छ र कुन कुराबारे तपाईंले केहि गर्नै सक्नुहुन्न ? त्यसैले आफ्नो वशमा भएका कुरामा मात्रै ध्यान दिनुहोस् । जस्तो, आफ्नो होमवर्क गर्ने, अथवा टिभी हेर्ने, वा नयाँ किताब पढ्ने । आफूलाई रमाइलो लाग्ने कुराले मन भुलाउनुहोस् ।

३. साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय भेट्टाउनुहोस् ।

दूरी राखिरहनु पर्ने यो समयमा साथीसँगीसँग घुलमिल हुने राम्रो माध्यम भनेको सामाजिक सञ्जाल पनि हो । तर कसरी सम्पर्क कायम राख्ने ? यसबारे सिर्जनशील उपाय सोच्नुहोस् । सबैजना एकैचोटी अनलाइन रहेर गर्न सकिने क्रियाकलाप सोच्नुहोस् । नयाँ कुरा सिक्ने मौका बनाउनुहोस् ।

तर धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रीन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ । त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुहोस् । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनु होस्। घरमै भेट्टाइने समानबाट नयाँ सामान वा कलाकृति बनाउनुहोस् ।

४. आफ्नो कथाको आफैँ हिरो

अहिले तपाईंसँग फुर्सदै फुर्सद छ ? तपाईँलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सिप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिले पाउनुहुन्छ ? आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ ।

५. आफ्नो मनका भावनालाई चिन्नुहोस्

तपाईंलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला । मनमा आएको निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ । तर त्यसलाई महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ । त्यसलाई चिनेर कविता बनाइदिनुहोस्, त्यसको अनुहारको चित्र बनाइदिनुहोस्, आफूले जानेको सिर्जनशिल शैलीमा आफ्ना भावनाहरू पोख्नुहोस् । नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्नुहोस् ।

६. आफू र अरूप्रति दयालु हुनुहोस्

कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू अर्काका दुर्व्यवहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् । कोहि दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् । दुर्व्यवहारको शिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिनुहोस् । अरु समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनु पर्छ । कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गर्नुहोस् ।

-युनिसेफबाट

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : १३ बजे

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जाजरकोट– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको

भाइरल भोक : पहिले उचाले, अहिले पछारे

के सोचेँ मैले, के भयो अहिलेकसम हाम्रो अल्झाई राखनलैजाउ टाढामा।पुरानो

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न

चितवन– चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का

काठमाडौं– नेपाली कांंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको