कर्णाली नाका हुँदै भारतबाट आए १९ सयभन्दा बढी नेपाली | Khabarhub Khabarhub

कर्णाली नाका हुँदै भारतबाट आए १९ सयभन्दा बढी नेपाली


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली नाका हुँदै भारतबाट १९ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार बबई नाका हुँदै १ हजार ९ सय ३० जना नेपाली बिहीबार स्वदेश फिरेका छन् ।

नेपाल आएकाहरूमा दैलेखका ८ सय २९ जना, सुर्खेतका ४ सय ९६, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, कालिकोटका ५४ र जुम्लाका ११ जना छन्।

उनीहरुलाई आरडीटी परीक्षण गरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिए।  भारतबाट आएकाहरुको बबई, सुर्खेत, दैलेख र सुर्खेतका सीमावर्ती क्षेत्रमा आरडीटी गरिनेछ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : ३३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड