कोरोना परीक्षणका लागि रोल्पामा किट अभाव « Khabarhub

कोरोना परीक्षणका लागि रोल्पामा किट अभाव


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा कोरोना भाइरसको परीक्षणका लागि किटको अभाव भएको छ ।

सरकारले भर्खरै ३ हजार हाराहारी किट पठाए पनि त्यसले आवश्यकताको ५० प्रतिशत  पनि पूरा गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि विभिन्न क्वारेन्टाइनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएको अवस्थामा अहिले पनि पर्याप्त किट पठाइएको छैन ।

रोल्पामा २ हजार ९६० आरडीटी किट आइपुगेको छ । उक्त संख्याको किट आश्यकताभन्दा दुई तिहाइ कम हो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको आरडीटी गर्नुपर्ने भए पनि रोल्पामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘नौ हजारभन्दा धेरैको आरडिटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भने ।

जिल्लामा किट अभाव भएपछि अहिलेसम्म क्वारेन्टाइनबाट फर्केका कसैको पनि आरडीटी गर्न नसकिएको जनाइएको छ ।

उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडीटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए ।

रोल्पामा जिल्ला बाहिरबाट आएका आठ हजार १२१ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।

जिल्लामा भित्रिएकामध्ये अझै २८४ विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन् । घर फर्केकामध्ये १६० जनाको मात्र आरडीटी गरिएको छ ।

बाँकी आठ हजार २४५ लाई सामान्य जाँच मात्र गरेर घर पठाइएको छ । रोल्पामा हालसम्म आठ हजार ४०५ जनाको आरडीटी गर्नुपर्ने देखिएको केसीले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : १८ बजे

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन

रास्वपा सह-महामन्त्रीमा अशिम र हरि विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीतर्फको परिणाम आएको छ। परिणामअनुसार प्रधानमन्त्री

रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत

काठमाडौं- चितवनमा ६ दिनदेखि जारी पहिलो महाधिवेशनमा प्रतिनिधिको सहभागिता निराशाजक