थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो « Khabarhub

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी गर्दै नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिला छ्न् ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।

त्यसैगैरी सर्लाही, गोडैता नगरपालिका ८,९, ११, १३,१४ र रामनगर बहुअर्वा गाउँपालिक–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु रहेको छन् भने एक जना १८ वर्षीय महिला रहेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – १०१ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ६९
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ५
१३. झापा ३५
१४. सर्लाही २०
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ६
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) २
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ५
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४८७

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : १४ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता