१२ सय किलोमिटर साइकल चलाएर घर फर्किएकी ज्योतिलाई सिएफआईले अवसर दिने « Khabarhub

१२ सय किलोमिटर साइकल चलाएर घर फर्किएकी ज्योतिलाई सिएफआईले अवसर दिने


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) ले भारतमा लकडाउन भएको दुई महिना भन्दा लामो समय भइसकेको छ ।

लकडाउनले दैनिकी प्रभावत भएपछि १५ वर्षीया ज्योति १२ सय किलोमिटरको साइकल यात्रा तय गर्दै घर फर्किएकी छन् ।

आफ्ना बुबालाई साइकलमा बसाएर दिल्लीको गुरुगाउँबाट १२ सय किलोमीटरको दुरी पार गर्दै बिहारको दरभंगशास्थित आफ्नो घर पुगेकी हुन् ।

उक्त दुरी ७ दिन लगाएर पुरा गर्दै घर पुगेकी ज्योतिलाई भारतीय साइकिलिङ फेडेरेसन (सिएफआई)ले खेलका लागि एक अवसर दिने भएको छ ।

भारतीय साइक्लिङ फेडेरेसनका अध्यक्ष वीएन सिंहले सिएफआईले दिने ट्रायलमा राम्रो गर्न सके उनका लागि व्यवस्थित अभ्यार र प्रशिक्षकको व्यवस्था गर्ने बताएका छन् ।

गुरुगाउँबाट दरभंगा पुगेकी ज्योतिले दूई जना साइकलमा हुँदा पनि दैनिक सयदेखि १५० किलोमिटरको दुरी पार गरेको समाचारहरुमा भनिएको छ ।

विएन सिंहले आफुहरु यस्तै प्रतिभावान खेलाडीको खोजीमा रहेको बताएका छन् । यस्तै उनले कुनै १४–१५ वर्षकी बच्चीले दिनको सयदेखि १५० किलोमिटर साइकल चलाउनु सामान्य कुरा नभएको बताएका छन् ।

ज्योतिका बुबा गुरुग्राममा रिक्सा चलाएर गुजारा गरिरहेका थिए । तर, दुर्घटनामा परेपछि ज्योति आफ्न्तसँग दरभंगाबाट बुबाको हेरचहाका लागि गुरुग्राम पुगेकी थिइन् ।

यहिँ बीच कोभिड १९ ले गर्दा लकडाउन घोषणा भयो । जसले उनको कामकाज ठप्प भयो । काम ठप्प भएपछि दैनिकी कठिन बन्न थालेपछि ज्योतिले बुबालाई लिएर गाउँ फर्किने योजनासहित घर फर्किएकी हुन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ९ : ४७ बजे

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा– तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम