आज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका ९ मध्ये दुई जना पत्रकार | Khabarhub Khabarhub

आज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका ९ मध्ये दुई जना पत्रकार


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु छन् । योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ।

यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार एक ८ वर्षीय बालकसहित कपिलवस्तुका ९ जनामा आज कोरोना पुष्टि भएको हो ।

शुक्रबार कोरना पुष्टि भएकामध्ये सबैभन्दा बढी सर्लाहीमा १५ जना छन् ।  यसैगरी आज संक्रमण पुष्टि भएका मध्ये २ जना चितवनका र नवलपरासीको सुस्ता पूर्व र सुस्ताका गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संंख्या ४८७ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ ।  आज संक्रमण पुष्टि भएको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : २४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार