आज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका ९ मध्ये दुई जना पत्रकार « Khabarhub

आज कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका ९ मध्ये दुई जना पत्रकार


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु छन् । योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ।

यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार एक ८ वर्षीय बालकसहित कपिलवस्तुका ९ जनामा आज कोरोना पुष्टि भएको हो ।

शुक्रबार कोरना पुष्टि भएकामध्ये सबैभन्दा बढी सर्लाहीमा १५ जना छन् ।  यसैगरी आज संक्रमण पुष्टि भएका मध्ये २ जना चितवनका र नवलपरासीको सुस्ता पूर्व र सुस्ताका गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संंख्या ४८७ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ ।  आज संक्रमण पुष्टि भएको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : २४ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल